×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २४ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

नवरात्रको पहिलो दिन : शैलपुत्रीको पुजाअर्चना हुदै

  •  गोरखा समाचार
  • आइतबार, असोज २८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडाैं । नवरात्रको पहिलो दिन शैलपुत्री स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो प्रथम स्वरूपमा शैलपुत्री नामले विख्यात हुनुहुन्छ । पर्वत राज हिमालयको घरमा पुत्रीको स्वरूपमा जन्म लिएको कारण शैलपुत्री नाम रहन गएको मानिन्छ । शैलपुत्री शब्द दुईवटा शब्दबाट बनेको छ, पहिलो शैल र दोस्रो पुत्री मिलेर शैलपुत्रीशब्द निर्माण भएको हो । हिमालय राजा शैलकी पुत्री शैलपुत्री मस्तकमा अर्ध चन्द्र, नाना आभूषण, मुकुट इत्यादि धारण गरेकी एवं अत्यन्त मनोहर स्वरूपमा सजिएकी देवीको वाहन वृष अर्थात् साँढे हो । आफ्नो दायाँ हातमा त्रिशूल तथा बाँया हातमा पद्म धारण गर्नुहुन्छ । नाना प्रकारका अलंकार तथा उत्तम वस्त्र धारण गरेकी देवी सुन्दर कन्याजस्तै देखिनुहुन्छ ।

    ब्रह्माजीको प्रार्थना स्वीकार गर्दै, देवीले नै पूर्व जन्ममा ब्रह्म पुत्र दक्षको घर सतीरूपले जन्म धारण गर्नुभएको थियो । भगवान् शंकरसँग उहाँको विवाह भएको थियो र आफ्ना पिता दक्षको घरमा पतिको निन्दा सुनेर उहाँले योग अग्निबाट आफ्नो शरीरलाई भस्म गरेर देह त्याग गर्नुभएको थियो । भगवान् शिवलाई जब थाहा भयो कि उनको प्रियतमा शिवाले आफ्नो पिताको यज्ञ अनुष्ठानमा देह त्याग गरिदिनुभयो, शिवजी घोर क्रुद्ध भई आफ्नो अनुचर तथा गणहरू लिएर शिवजीले दक्षको यज्ञलाई विध्वंस गरिदिनुभयो । तारकासुर दैत्यले ब्रह्माजीको कठोर साधना गरेर ब्रह्माजीलाई प्रसन्न गरी तीनै लोकमा अधिकार तथा अमरत्व प्राप्त गरेको थियो ।

    भगवान् शिवको पुत्रबाट नै उसको मृत्यु हुनेु वर प्राप्त गरेको हुनाले ऊ अमर जस्तै भएको थियो, किनकि सतीको मृत्युपछि भगवान् शिवजी कैलाशमा सधैँ ध्यान र योगसाधनामा मग्न भएर वैरागी हुनुभएको थियो, अतस् शिवजीको पुत्र उत्पन्न हुने त कुरै भएन उता तारकासुरले सम्पूर्ण देवताहरूलाई स्वर्गबाट निकालेर स्वयं देवराज इन्द्रको आसनमा आसीन भएर तीनै लोकमा राज गर्न थाल्यो तत्पश्चात् यस्तो घोर समस्याको निवारणका लागि सम्पूर्ण देवता तथा ब्रह्माजी एकत्र भएर आदिशक्तिको आराधना गर्नुभयो र आद्यशक्तिलाई पुनः शरीर धारण गरेर, भगवान् शिवको अर्धाङ्गिनी बन्नको लागि प्रार्थना गर्नुभयो । जगत् जननी माताले देवताहरू तथा ब्रह्माजीको प्रार्थनाअनुसार हिमालय राजाका कन्याको रूपमा जन्म लिनुभयो, शैल या हिमालयकी पुत्री भएको कारण आद्यशक्तिलाई शैलपुत्री नाम प्राप्त भयो र पछि पार्वतीको नामले प्रसिद्ध हुनुभयो ।

    नवरात्रको पहिलोदिन अर्थात् आश्विन शुल्क प्रतिपदाको दिन शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सैभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने मानिन्छ । शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । शैलपुत्रीलाई वैज्ञानिक दृष्टिले potential अर्थात् सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा मानिन्छ ।

    लेखकबाट थप:

    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    आइतबार, असोज २८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • २. सुन ताेलामा ४८ सयले घट्याे

    • ३. आज कुशे औँसी

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ७. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.