काठमाडौं । आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुदै छ । भfरतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:१५ बजे खेल हुनेछ ।
जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २-२ खेल जितेका छन् । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले र दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो ।
पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले र दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो । क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ ।
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म ७ पटक कडा प्रतिस्पार्धा भएको छ । र, सबै खेल भारतले जितेको छ । विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन ।
विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरेपनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ ।



