काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लुक्लाबाट आज बिहान ७ः१३ बजे लोबुचे उडेको मनाङ एयरको ‘एन(एएनजे’ कलसाइन भएको हेलिकप्टर खुम्बुपासाङल्हामु गाउँपालिका–४ को लोबुचेमा दुर्घटनामा परेको हो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर शनिबार बिहान ७ः२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन् । हेलिकप्टरमा उनी एक्लै भएको प्राधिकरण जनाएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई उद्दार गर्न फिस्टेल एयरको नाइनएन एजेआर कलसाइनको हेलिकप्टर गएको थियो । उनलाई काठमाडौं ल्याइ उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरीएको छ ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन ।


