गोरखा । नेपाली काँग्रेस गोरखाले शुक्रबार हुने पार्टीको दोस्रो जिल्ला सम्मेलनको सवै तयारी पुरा भएको जनाएको छ । काँग्रेस गोरखाले आज जिल्ला पार्टी कार्यालय तीनधारेमामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको भोली हुन लागेको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा गोरखा क्षेत्र नम्बर १ (क) का प्रदेशस भाका सांसद समेत रहेका पार्टीका सभापति नन्दप्रसाद न्यौपानेले दोस्रो अधिबेशनमा नेपाली काँग्रेस गोरखाले २ बर्षमा जिल्लामा गरेका कामको बारेमा समिक्षा गर्ने बताए ।
त्यस्तै जिल्ला भित्रका सवै क्षेत्रबाट सहभागी हुने प्रतिनिधिहरुबाट सम्मेलनमा क्रममा पार्टी प्रति आम नेता कार्यकर्ताको बुझाई, धारणा र अहिलको अवस्थाको बारेमा समेत छलफल गर्ने उनले जानकारी दिए ।
‘‘जिल्लाको समग्र विकास निर्माण लगायतका क्षेत्रमा काग्रेसको भूमिका र सम्बन्धित निकायहरुले गरेका काम बारेमा समेत सम्मेलनमा छलफल र समिक्षा हुन्छ ।’’ सभापति न्यौपानले भने । सम्मेलनमा पार्टीका इकाई, प्रदेश र केन्द्रमा रहेका प्रतिनिधिहरु गरी कुल १ हजार ७०० जनाको सहभागीता रहने उनले बताए ।
सम्मेलनको पार्टीका केन्द्रीय महामन्त्री गगन थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ । नेपालमा सुशासन कायम गर्दै भष्टाचारको अन्त्य गर्ने भन्ने मुल नाराकासाथ सम्मेलन सम्पन्न गरिने काँग्रेस गाेरखाले जनाएकाे छ ।
सम्मेलन सम्पन्न भएपछि सम्मेलनले दिएको दिशानिर्देश अनुसार गाउँगाउँमा पुगेर जनताका समस्या तथा गुनासो सुन्न पार्टीकाे नेतृत्व पुग्ने गरी कार्यक्रम तय गरिने पत्रकार सम्मेलनमा सभापति न्यौपानले जानकारी दिए ।


