गोरखा । गएको असार महिनामा पातले खोलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका परिवारले पाउने गरी शिखर ईन्स्योरेन्सले २० लाख को चेक हस्तान्तरण गरेको छ । ईन्स्योरेन्सले जिल्ला प्रशासन कार्यालयलाई उक्त्त रकम बरावरको चेक हस्तान्तरण गरेको आँबुखैरेनी शाखाका प्रबन्धक ईमानजङ बानियाँले जानकारी दिए ।
गएको असार ८ गते गोरखाको शहिद लखन गाउँपालिका–३ को कोटेगाउँ नजिकैको पातले खोलामा दुलही लिएर फर्कदै गरेको जिप दुर्घटना हुदा ५ जनाको घटना स्थलमा नै ज्यान गएको थियो । दुर्घटनामा प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको योद्वा जिप दुर्घटना हुदा स्थानिय निरज थापा, प्रविण भनिने रोहित थापा, विरबहादुर थापा, नविना थापा र थानबहादुर थापाको घटना स्थलमा नै ज्यान गएको थियो ।
शिखरले बिमा भुक्तानी बापतको २० लाखको चेक जिल्ला प्रशासन कार्यालय गोरखालाई हालै उपलब्ध गराएको हो ।
प्रबन्धक बानियाँले राष्ट्रिय बाणिज्य बैंक लि. सिप्रदी हायर पर्चेज प्रा.लि.को नाममा रहेको उक्क सवारी दुर्घटना हुदा नियमानुसार पाउनु पर्ने रकम प्रशासनको नाममा चेक हस्तान्तरण गरिएको जानकारी दिए ।



