गोरखा । गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटवल प्रतियोगीता ‘२०८०’ सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगीता भोलीसम्म सञ्चालनमा आउने छ ।
पालिका भित्र खेलकुदको विकास गर्दै खेलाडीहरु उत्पादनमा सहयोग पुरर्याउने उद्देश्य सहित प्रतियोगीताको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले बताए । प्रतियोगीतामा पालिका भित्र रहेका मावि स्तरका फुटवल टिमको सहभागीता रहेको छ ।
दर्बुङमा सुरु भएको प्रतियोगीतामा प्रत्येक विद्यालयहरुबाट छात्र तथा छात्राहरुको फुटवल टिम सहभागी गराइएको छ । प्रतियोगीतामा उपाधी विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तैगरी, प्रतियोगितामा उपविजेता हुने टिमले नगद १५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र तथा तेस्रो हुने टिमले नगद ७ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाले जानकारी दिएको छ ।
स्वास्थ्यका मात्र नभएर खेलकुद प्रतियोगीताहरुले युवाहरुको व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने र उनिहरुमा आत्माविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले खेलकुदलाई प्राथामिकता सहित प्रतियागिताको आयोजना गरीएको हो । प्रतियोगीताको एक कार्यक्रमका बिहीबार गाउँपालिका अध्यक्ष तिमल्सिनाले उद्घाटन गरेका हुन् ।



