काठमाडौं । बारम्बार भुकम्पले सताईरहेको बझाङमा गएराति फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२:२२ मा बझाङ केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।
त्रसित जनसमुदाय गएराति गएको भुकम्पले झनै भयभीत बनेका छन् । यही असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पमा परि लथालिङ्ग बनेको बझाङमा बारम्बारको पराकम्पन गइरहेको छ ।
सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो ।


