साँकेतिक तस्बिर
गोरखा । ६ दिनदेखी बेपत्ता भएका सिरानचोक गाँखुका १ जना पुरुष दरौदी नदी किनारमा मृत्त फेला परेका छन् । साविक गोरखा नगरपालिका–३ घरभई हाल सिरानचोक गाउँपालिका–६ नयाँसाँघु बस्दै आएका भिमबहादुर परियारको शव बुधबार दरौदी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
भिमबहादुरकाे शव बुधबार गोरखा नगरपालिका–१० को छेवेटार बजार तल रहेको ठुटेबगरमा स्थानियले देखे पछी प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै घटना स्थल पुगेको प्रहरीले शव भिमबहादुरको भएको पुष्टी गरेको थियो ।
रोजगारीका लागि नयाँसाँघु बस्दै आएका भिमबहादुर असोज १९ गतेदेखी बेपत्ता भएका थिए । उनको आफन्त तथा स्थानिय र प्रहरीले ब्यापक रुपमा खोजी गरिरहेको थियो ।
शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाईएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धमा पोष्टमार्टम रिर्पोट नआउदासम्म केही भन्न नसकिने प्रनाउ श्रेष्ठले बताए ।


