काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका बुधबार छापावाला सुन १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलाकाे १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेकोे छ ।
त्यसैगरी,चाँदीको मूल्य अघिल्लो दिनको मूल्य नै कामय रहेको छ । प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेकोे छ ।



