गोरखा । इजरायलमा आतंककारी संगठन हमासको आक्रमणमा परी ज्यान गुमाएका बिद्यार्थीहरुको सम्झनामा आज गोरखा सदरमुकाममा दिप प्रज्वलन गरिएको छ ।
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गोखराको आयोनजामा १० बिद्यार्थीहरुको सम्झनामा श्रद्वाजली सभा गरी दिप प्रज्वलन गरिएको संघका केन्द्रिय सदस्य प्रविन बस्नेतले जानकारी दिए ।
दिप प्रज्वलनमा नेपाली काँग्रेस गोरखाका सभापती र गोरखा नगरपालिकाका उपप्रमुख मसली मायाँ थोकर पुनःको समेत सहभागीता रहेको थियो ।
‘बुद्वको देशबाट विश्व शान्तिको कामना’ नारा दिदै संघले ज्यान गुमाएका बिद्यार्थीहरुको संम्झनामा दिप प्रज्वलन गरेका थिए । कार्यक्रममा मौन धारण समेत गरीएको थियो ।
दिप प्रज्वलन गोरखा नगरपालिका–६ को पुरानो बसपार्क स्थित शहिद श्यामसुन्दर श्रेष्ठको शालिक अगाडी गरिएको पनि केन्द्रिय सदस्य बस्नेतले जानकारी दिए ।


