×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

लगातार श्रमदान गरेको भयो १० दिन, जनप्रतिनिधिलाई फुर्सद छैन एकछिन

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रामेछाप । बिजुलीको पोल र तारमा झुण्डिएको लगातार १० दिन भयो तर पनि थाकेका छैनन्, गलेका छैनन्, उत्तिकै ऊर्जा छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेल लगायतका जनप्रतिनिधि र सामाजिक अगुवाको दैनिकी १० दिनदेखि एकनास छ । बिहान उज्यालो हुने बित्तिकै बिजुलीको पोलमा पुग्यो, साँझसम्म बिजुलीको पोल र तारमा झुण्डियो । बेलुका लखतरान भएर घर फर्कियो, बिहान उठेर फेरी उही काम ।

    सो वडामा यस अघि मेन लाइनमा टाँगिएको नाङ्गो तारले रुखमा छुँदा बारम्बार बत्ती जाने र मानिसलाई समेत जोखिम भएपछि वडाध्यक्ष सन्तोष पौडेलले प्लास्टिक कोटेड कालो तार फेरिदिन नेपाल विद्युत् प्राधिकरण मन्थलीलाई अनुरोध गरे । विद्युत् कार्यालयले तार त दिने भयो तर गाउँसम्म तार ढुवानी गर्ने तथा तार तन्नको लागि आवश्यक जनशक्ति नभएको बतायो ।

    वडाध्यक्ष पौडेलले हिम्मत गरे । तार ढुवानीको लागि यातायात साधनको भाडा वडा कार्यालयले तिर्ने बाँकी काम जनश्रम जुटाएर गर्ने निधो गरे । ‘प्राधिकरण तार र पोलमा तार बाँध्ने प्राविधिक दिन तयार भयो, बाँकी सबै काम हामी नै गर्छौँ भनेर आफैँ गएर तार लोड गरेर ल्याएँ’, पौडेलले भने ।

    विगतमा सडक मर्मतमा जनसहभागिता जुटेको कारण उत्साहित भएका पौडेलले गाउँमा तार झरेपछि तार तान्न जनश्रमको लागि गाउँले गुहारे । गाउँले पनि सहयोग गरे । जनप्रतिनिधिहरू लगातार १० दिनदेखि खटिरहेका छन् । जुन टोलमा तार तान्नु पर्ने हो त्यो टोलका गाउँलेहरू निस्किन्छ र तार तान्न श्रमदान गर्दछन् । गाउँमा नयाँ श्रम संस्कृति नै विकास भएको छ । ‘हामी काम गर्छौँ, अरू कुरा गर्छन्, फरक यही हो, लगातार १० दिनसम्म पनि पवित्र सामाजिक काममा श्रमदानले निरन्तरता पाएको छ’ , उनले भने ।

    सैपुको माथिल्लो भेग दिलौरीबाट तल्लो भेग फेदीसम्म १६ किलोमिटर तार फेर्ने कार्य सकिएको उनले बताए । अब सोे वडाको बाँकी रहेको मेन लाइनको कालो तार पनि थप ६ किलोमिटर झरेकोले सम्भावना भएसम्म दसैँ अगाडि नै, नभए पनि दसैँ पछाडि फेदीदेखि सिसन्धु सम्मको लाइन पनि फेरिने उनले बताए ।

    दसैँ नजिकिँदै गरेकोले वडामा भएका सडक मर्मत गर्न पनि श्रमदान नै जुटाएर गर्नुपर्ने भएकोले त्यता पनि लाग्नु पर्ने उनले बताए । ‘जनताको सेवा गर्न भनेर आएको हाम्रो टिम सदैव जनताको सेवामा हुनेछ, नागरिकले पनि श्रमदान गरेर ठुलो सहयोग गर्नुभएको छ’, पौडेलले भने ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.