गोरखा । गोरखामा २ जना बालिकालाई यौन दुब्र्यबहार गरेको आरोपमा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–५ छोप्राकका घ कुमार (नाम परिवर्तन) भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पक्राउ परेको पुरुषले स्थानिय १५ र १६ बर्षिया बालिका क्रमश.ठ र ट कुमारी (नाम परिवर्तन) लाई बालिकाहरुको संवेदनशिल अंगमा समाती यौनजन्य अस्वाभाविक ब्यवहार गरेको भन्ने आफन्तको उजुरी दर्ता भए लगत्तै आरोपितलाई पक्राउ गरीएको हो ।
आरोपित पुरुषले दुवै बालिकालाई असोज २० गते शनिबारका दिन बिहान त्यस्तो खालको यौन दुब्र्यबहार गरेका थिए । घटना लगत्तै आफन्तले दिएको उजुरी पछि प्रहरीले आरोपितलाई असोज २१ गते आइतबार पक्राउ गरीएको थियो ।
पक्राउ परेका ब्यक्तिलाई प्रहरीले असोज २२ गते सोमबार नै ‘बाल यौन दुराचार’ कसूर अन्तरर्गत मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ ।



