काठमाडाैं । सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणमा ज्यान गुमाएकाहरुका परिवारलाई तत्काल १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन् ।
राजदूतावासका अनुसार ४ जना घाइते छन् भने १ जना सम्पर्क विहीन छन् । यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए ।


