×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

सरकारले तोकेको भाडा भन्दा एक रुपैयाँ बढि लिदैनौं : उपाध्यक्ष सिटौला

  •  गोरखा समाचार
  • सोमबार, असोज २२, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । आजबाट लामो दूरीको सवारीको लागि बुकिङ खुला गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

    अघ्यक्ष सिटाैलाले टिकटको मूल्यमा कालोबजारी हुन नदिने, सवारी अभाव हुन नदिने र सरकारले तोकेभन्दा एक रुपैयाँ पनि भाडामा तलमाथि नगर्ने प्रतिबद्धता जनाएका छन् ।

    टिकट खुलाएको पहिलो दिन सोमबार बसपार्क क्षेत्रमा निरिक्षण गर्न पुगेका सिटौलाले दसैँका लागि टिकट अभाव हुन नदिन सक्दो प्रयास गर्ने बताए । उनले व्यवसायीलाई तोकिए भन्दा भाडा बढी नलिन आग्रह गर्दै टिकटको कालोबजारी गरेको पाईए कारबाही गर्ने चेतावनी दिए ।

    सिटौलाले भने, ‘हामीले वेवसाइटमा राखेको भाडाको जुन रेट छ त्यो तोकिएको भाडाभन्दा एक रुपैयाँ बढी व्यवसायीले नलिनुहोला । काँही छिटो टिकट चाहियो भनेर सिट मिलाउने हिसाबले बाहिरबाट बिचौलियासँग सेवाग्राहीले टिकट लिुनुहुन्छ भने तपाइँहरु आफैं ठगिनुहुन्छ ।

    आधिकारीक काउन्टरमा परिचयपत्र बोकेका आधिकारीक कर्मचारीसँग मात्रै टिकट काट्नुहोस । भाडामा एक रुपैयाँ पनि तलमाथि हुँदैन । यदी कालोबजारी भएको पाइएमा त्यसलाई हामी कानूनी कारबाहीको दायरामा ल्याउँछौ र त्यसको लागि हामी सचेत छौ ’ उनले भने ।

    दसैं लगायतका ठूला पर्वहरुमा लामो तथा छोटो दूरीका सवारीमार्फत ठूलो संख्यामा उपत्यका लगायतका देहका विभिन्न शहर र स्थानबाट नागरिकहरु गन्तव्यतर्फ जाने हुँदा त्यसको लागि आवश्यक सवारी व्यवस्थापन गर्न महासंग तयार रहेको भन्दै सिटौलाले सरकारले द्रुत गतिमा सडकको स्तररोन्नति गर्नुपर्नेमा जोड दिए ।

    ‘उपत्यका देखि बाहिर जानेहरुसँगै मेची महाकालीबाट भारतीय नाका हुँदै १० औँ लाख नेपाली घर आउनुहुन्छ । यो सबैको व्यवस्थापनको लागि मैले बारबार भनेको छु सरकारले सडकलाई स्तरोन्नति गर्न द्रुत गतिमा काम सुरु गर्नुपर्छ । हामीलाई बुकिङ खोल्नुहोस, टिकट दिनुहोस भनेरमात्र हुँदैन, यात्रुले टिकट काटेपछि घरजाने दिन सुरक्षित रुपमा गन्तव्यमा पुग्नुपर्छ । यसमा सबैको सहयोग र समन्वय जरुरी छ ।’  टौलाले भने ।

    सिटौलाले कालोबजारीलाई नियन्त्रण गर्न, नागरिकलाई सास्तीहुने गरी लाइनमा बसेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्यका लागि केही ठाउँबाट अनलाईनमार्फत टिकट काट्ने व्यवस्था भए पनि त्यसलाई सरकारले द्रुत गतिमा नीतिगत व्यवस्था गरी व्यवस्थित गर्नु पर्नेमा जोड दिए । उनले भने, ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनलाईन सेवा दिन लागिपरेका छौ । तर, मूल नीति बनाउने भनेको सरकारले हो । फास्ट ट्याकबाट अनलाइन टिकेट काट्ने व्यवस्था सहितको प्रविधिमैत्री नीतिको लागि सरकारलाई हाम्रो आग्रह छ ।’

    दसैंमा यात्रुको सुरक्षाको लागि उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको वरिष्ठ प्रहरी उपरिक्षक भुपेन्द्र बहादुर खत्रीले बताए । उनले भने, ‘विशेष सुरक्षा योजना अन्तरर्गत हामीले उपत्यकामा मात्रै १४ वटा स्थानमा विगतका घटनाहरुलाई दृटिगत गरी नागरीकलाई सुरक्षा कसरी दिन सक्छौ भनेर नागरिक साहायता कक्ष राखेका छौ । बसपार्क क्षेत्र लगायत विभिन्न भिडभाड हुने स्थानमा प्रविधिको प्रयोग गरी सिसिटिभी र पहिलोचोटी उपतयकामा ड्रोनको प्रयोग गर्ने, तथा उच्च प्रविधिको प्रयोगगरी सुरक्षा व्यवस्था मिलाएका छौ ।’

    सोमबार बिहानैबाट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, चाबहिल क्षेत्रमा उपत्यका बाहिर जानेयात्रुहरु टिकट बुकिङका लागि भिड लागेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, असोज २२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.