काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ८ हजार १०० सय रुपैयाँमा कायम भएको हो ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकोे छ ।



