लमजुङ । जिल्लाको टक्सार भन्ने स्थानमा आफ्नै बुवालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मृत्तकका छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्व्होलासोथार गाउँपालिका–९ टक्सार बस्ने २८ वर्षीय सुजन बिकलाई प्रहरीले पक्राउ गरेको लमजुङ प्रहरीले पुष्टी गरेको हो ।
सुजनले आफ्नै बुवा ६० वर्षीय दिलबहादुर बिकलाई खुकुरी प्रहार गर्दा गंभिर घाईते भएका थिए । घाईते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा शनिबार ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार छोरा सुजनले दाह्री काट्ने जिलेट मेसिन नदिएको झोकमा विवाद गरी बुवामाथी खुकुरी प्रहार गरेका थिए । सुजनले असोज १० गते साँझ खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहार गरेको खबर प्रहरीले प्राप्त गर्नासाथ प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीको टोलीले सुजनलाई असोज १६ गते पक्राउ गरेको थियो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



