गोरखा । इजरायलमा आतंकारी संगठन हमासले गरेको आक्रमणमा परी गोरखा सदरमुकामका १ जना युवक घाइते भएका छन् । आक्रमणमा परी गोरखा नगरपालिका–८ कट्टेलडाडाँका हिमाञ्चल कट्टेल घाईते भएका हुन् ।
अध्ययनका सिलसिलामा इजरायल पुगेका कट्टेल सुतिरहेको घरमा हमासले बम आक्रम गरेका थिए । घाईते कट्टेलको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।
कट्टेलका पारिवारीक स्रोतका अनुसार उनी खतरा मुक्त छन् । उनी संगै नेपालमा अध्ययन गरेका उनका समूह केही बर्ष अगाडी रिर्सचकालागि इजरायल पुगेका थिए ।
सोही आक्रमणमा परी १० जना नेपालीहरुले ज्यान गुमाएका छन् । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको ज्यान जानुका साथै अन्य ६ जना घाइते भएको पुष्टी गरेका छन् ।
ज्यान गुमाउनेमा कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङ जय पृथ्वी–६ का गणेशकुमार नेपाली, कैलाली बाउनिया–३ का आशिष चौधरी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट, धनुषा सपही–६ का आनन्द शाह, सुनसरी मधुवनका राजेशकुमार सर्वांकर, डोटी पचनाली–३ का राजन फुलरा, लामिखाल–८ का पदम थापा, सल्यान शारदा–३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका दूतावासले जानकारी दिएको हो ।
घाईते भएका ६ जनाको उपचार भईरहेको पनि दुताबासले जनाएको छ । आक्रमणमा परी थप १ जना भने सम्पर्क बिहिन भएको दुतावासले जनाएको छ ।


