×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

बजार मूल्यमा एकरुपता ल्याउन सन्दर्भ मूल्य तोक्नुपर्छ : मुख्य सचिव अर्याल

  •  गोरखा समाचार
  • आइतबार, असोज २१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालले, बजार मूल्यमा एकरुपता ल्याउन सन्दर्भ मूल्य स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आइतबार चाडपर्वमा बजार अनुगमन र नागरिकको दायित्व विषयक कार्यक्रममा उनले पर्व लक्षित सुपथ मूल्य सञ्चालन गर्ने भन्दा सधैं सुपथ मूल्यमा सामान उपलब्ध गराउन सरकारले सन्दर्भ मूल्य स्थापित गनुपर्ने बताए ।

    उनले भने, ‘सरकारले गरेको व्यापार भनेको अरु केही होइन सन्दर्भ मूल्य स्थापित गर्दिने र सरकारका सस्थाहरुलाई अनुदान दिने होइन । गर्ने भनेको सरकारका निकायले व्यापार गरेर खर्च कटौटी गरी नाफा कमाउने हो । त्यो त गर्न सकिँदो रहेछ नि । निजी व्यापारीक संस्थाले त्यो गर्न नसक्ने भन्ने कुरामा त्यो बजार सन्दर्भ मूल्य बताउनको लागि सरकारले सन्दर्भ मूल्य तोक्र्नुपर्छ , काम गर्छ ।’

    उनले बजार अनुगमनलाई सरकारका संयन्त्रले वान टाइम विजनेसको रुपमा भन्दा सधैं निरन्तरता दिनुपर्नेमा जोड दिए । ‘समन्वय र अनुगमनका संयन्त्रबीचमा तालमेल भएन भने जहिले पनि समस्या हुन्छ। मैले अलिबढी जोड दिएको र प्रष्ट निर्देशन दिदै आएको कुरा भनेको यो विषयलाई एउटा वान टाइम विजनेसको रुपमा नलिऔँ । सधैं बजार अनुगमन गर्दियो भने व्यवसायीलाई पनि फाइदा हुन्छ भन्ने लाग्छ’ अर्यालले भने ।

    उनले उत्पादन, बजार र उपभोक्तासँगका वितरण प्रणालीमा तालमेल मिलाउन नसक्दा समस्या आएको स्वीकारे । उनले देशको उत्पादनको वितरण प्रणालीमा सुधार गरी थोरै सुव्यवस्थित गर्न सकेमात्र पनि बजारमा सकारात्क हस्तक्षेप गरी उपभोक्तालाई राहत दिन सक्ने उनको धारणा छ ।

    वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक तिर्थराज चिलुवालले बजारमा स्वच्छ नभए पनि विभागले आफ्नो ढंगबाट बजार अनुगमन गरिरहेको बाताए । उनले अपेक्षित रुपमा बजार अनुगमन नभएको गुनासोको सम्बोधन गर्ने भन्दै केही दिनमै अत्यावश्यक वस्तुको मूल्य विश्लेषण गरी मूल्य सूची प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए ।

    ‘केही अत्यावश्यक वस्तुहरुको मूल्यहरुको विश्लेषण गरेर मूल्य सूची प्रकाशन गर्ने तयारी गरेका छौ । चिनीको सन्दर्भमा भन्दा हामीसँग भएको १३ ओटा चिनी उत्पादन गर्ने उद्योगको अध्ययन गर्यौ । त्यसमा दुई उद्योगमा १ लाख २८ हजार क्विन्टल चिनी मौज्दात रहेको देखियो । त्यो चिनी केही कम्पनीहरुले पहिले नै बुक गरिसकेको जानकारी पाएपछि हामीले ती कम्पनीसँग चिनी बजारमा छोड्ने व्यवस्था मिलाउन आग्रह गरेका छौं । उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

    उनले विभागले संयन्त्र नै बनाएर बजार अनुगमन गरिरहेको र निगरानी गरी प्राप्त सूचनाको आधारमा आवश्यक कारबाही प्रकृया अगाडि बढाएको समेत उल्लेख गरे ।

    कार्यक्रममा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठले बजार अनुगमनको नाममा प्रदेश, स्थानीय तह र जिल्लाका संयन्त्रले गर्ने अनुगमनको कारण व्यवसायी हैरान भएको भन्दै बजार अनुगमनलाई एकद्वार प्रणालीमार्फत गर्नुपर्ने बताएका छन् ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले ३२ स्थानमा गरेको अनुगमन गरी निरन्तर कारबाही भैरहेको जानकारी दिए । उनले एक लाख सम्म जरिवाना गरेको उल्लेख गर्दै बजार अनुगमन गर्दा भएका नीतिगत व्यवस्थाले समस्या पैदा गरेको बताए ।

    उनले बजार अनुगमनमा जिल्ला सम्यन्त्रका साथै स्थानीय निकायका सक्रियता नै नभएको बताए । उनले भने, ‘स्थानीय तहको बजार अनुगमनका लागि वास्तवमै सक्रियता छैन् । उहाँहरु जनप्रतिनिधि हुनुहुन्छ, त्यहि मान्छेहरुको भोट लिएर जित्नुभएको छ , फेरी भोट लिन त्यहि जानुपर्छ, कडा गर्न त्यति रुचाउनु हुँदैन् ।’

    उनले प्रशासनिक निकायले गरेको बजार अनुगमनमा नागरिकले सकारात्मक धारणा राख्नुपर्नेमा जोड दिए ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    आइतबार, असोज २१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.