गोरखा । गोरखा प्रहरील बैंकिङ कसूर मुद्वाका फरार प्रतिबादीलाई पक्राउ गर्न सफल भएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका–६ अश्राकङ निवासी ४२ बर्षका नारायण परिवारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रनाउ श्रेष्ठका अनुसार पक्राउ परेको परियारले गोरखा नगरपालिका–५ पस्लाङ स्वाराँ निवासी सोहन रोक्का संग सापटी लिएका थिए । परियारले रोक्कालाई सापटी लिएको ५ लाख ८५ हजारको चेक दिएता पनि पटक पटक सटही नभए पछि प्रहरीमा उजुरी दिएका थिए ।
परियारले रोक्कालाई मक्तिनाथ बिकास बैंक लिमिटेडको चेक दिएको गोरखा प्रहरीले जानकारी दिएको छ । खातामा पप्र्यात रकम नभएको जानकारी हुदा हुदै पनि चेक दिएको आरोपमा प्रहरीले परियारलाई असोज १९ गते शुक्रबार उनकै घरबाट पक्राउ गरेको थियो ।
परियारलाई उनको गोरखा नगरपालिका–६ मा रहेको घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका परियारलाइ आज गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको जनाएको छ ।



