काठमाडौं । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ७ हजार १०० रुपैयाँ कायम रहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ ।चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम रहेको छ ।
यस अघि शुक्रबार १ लाख ७ हजार ३०० मा छापावाल सुन, १ लाख ६ हजार ८०० मा तेजावी सुन र १ हजार ३१० रुपैयाँ तोलामा चाँदीको खरिदबिक्री भएको थियो ।




















