काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बस दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणि गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीया अनिता बोहराको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार दिउँसो करिब ३ बजे ना ६ ख ५४६३ नम्बरको बस दुर्घटना हुदाँ अरु १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले भने ‘ दुई जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।’
दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको उक्त बस सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटना भएको उनले बताए ।


