×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पूर्व डिआईजी खनालको दाबी : राजनीतिक संरक्षणमै अपराध बढ्यो

  •  गोरखा समाचार
  • शनिबार, असोज २०, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । पूर्व डिआईजी तथा एमाले नेता सर्वेन्द्र खनालले, राजनीतिक संरक्षणकै कारण आपराधीक क्रियाकलाप बढेको ठोकुवा गरेका छन् । राजनीतिक संरक्षणमा हुने आपराधिक क्रियाकलापका कारण देशमा शान्ति सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेको र समाजमा अपराधले राजनीतिलाई चलाउने गरेको सन्देश गएको ठोकुवा उनले गरेका छन् ।

    शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग उनले जन्मकैद पाएका व्यक्तिलाई सरकारले दिएको आममाफी, ठूला भ्रष्टाचार काण्डमा सरकार पक्षको संलग्नता र ढाकछोप जस्ता विषयले अपराधले राजनीतिलाई चलाउने सन्देश समाजमा गैरहेको बताए ।

    उनले आफ्नो कार्यकालमा रेशम चौधरीलाई छोड्न दबाब आएपनि नछोडेको स्पष्ट पार्दै भने, ‘सरकारमा गठजोड मिलाउन पर्यो, अङ्क मिलाउन पर्यो भनेर अपराधीलाई छोड्ने गर्न त भएन नि । प्रहरीले अनेक गरेर समातेर सर्वोच्च अदालतमा समेत फैसला आएको कुरालाई अपराधीलाई छोड्दिदै जाने ? के का आधारमा भन्दा जतिखेर उहाँहरुलाई चाहिन्छ आवश्यकता पर्छ त्यतिखेर अपराधी छोड्दिने ?’
    उनले सरकारले अपराधीलाई कैद मिनाह गरी आममाफी गरेको विषयले अपराधीले सरकार र राजनीति चलाइरहेको सन्देश गएको टिप्पणी गरे ।

    ‘अपराधीलाई राजनीतिकरण जुन किसिमले गरिएको छ र अपराधले राजनीतिलाई चलाउने, अब म आए आत्तिनु पदर्नै भन्ने खालको सन्देश सरकारले दिदै जान्छ । निमुखालाई मात्रै कानून लाग्ने ?’

    देशमा शान्ती सुरक्षा नै राम्रो नभएको परेकोले जनता देशमा बस्न नचाहेको भन्दै खनालले शान्ती सुरक्षाको अवस्था जर्जर भएको आरोप लगाए ।
    ‘देशलाई ऋणमा डुवाइदिएका छन् । आय आर्जनको कुनै क्षेत्र छैन । पढे लेखेका विद्यार्थी पनि बाहिर पलायन भएका छन् । राम्रा पढेकाहरु बाहिरबाट यहाँ आएर काम गर्ने वातावरण छैन । हुँदाहुँदै शान्ती सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेपछि यहाँ को बस्न खोज्छ र ? मानिसले सबैभन्दा पहिला सुरक्षा खोज्छन्, बाँचु भन्छन, त्यो अवस्थामा मै राख्न नदिनि अब ?’, खनालले भने ।

    उनले प्रहरीले अनुसन्धान गरी दोषी ठहर भएका अपराधीलाई सरकारले छोड्दा सम्बन्धित निकाय चुप बस्ने प्रवृति राम्रो नभएको धारण पनि राखे ।

    खनालले भने, ‘प्रहरीले पनि अपराधीलाई छोड्ने कुरामा यो हुन्छ यो हुन्न भन्ने कुरा दह्रोसँग गर्नुपर्यो नि । प्रहरी संगठनका मान्छेले अपराधी समात्न सबैले खटेर, ज्यान हत्केलामा राखेर काम गरेका छन् नि । सबैलाई छोड्दिने हो भने किन प्रहरीले अपराधी समात्ने ? सबै सरकारलाई छोड्दिए भौगो नि, अपराधीको करार पनि उनिहरुले नै गरुन,अभियुक्तलाई ल्याउन परे पनि यसलाई ल्याइदे भनून, कसैको मान्छेलाई बोलाउँदै यसो गर त्यसो गर भन्न पाइन्छ ? अनुसन्धान गरेको विषयमा आइजिले पनि यो वा त्यो गर भन्न पाउँदैन, अनुसन्धान गरेको कुरामा अनुसन्धान अधिकृत जिम्मेवार हुन्नुपर्छ । काम गर्नुपर्ने त्यसरी हो । त्यहाँ भएन भने अर्कोले सुपरभिजन गर्ने हो, नराम्रो काम गर्ने बद्मासहरु छुट्न हुदैन भन्ने हो । त्यसकारण यसले संगठनप्रतिको नैतीक पक्षमा असर गर्छ ।’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, असोज २०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.