गोरखा । गोरखा बजार सहितका आसपासका क्षेत्रमा आज दिनभरी बिद्युत आपूर्ति बन्द हुने भएको छ । आँबु खैरेनीदेखी गोरखा बजारसम्म आएको ३३ केभि फिडर लाइनको वरपर पर्ने रुख कटान गर्न लागेपछी बिद्युत आपूर्ति बन्द हुने भएको हो ।
नेपाल बिद्युत प्राधिकरण, बितरण केन्द्रले शुक्रबार नै एक सूचना जारी गर्दै असोज २० गते शनिबार आँबु खैरेनीदेखी गोरखा बजारसम्म आएको ३३ केभि फिडरमा बिद्युत लाईन मुनि तथा आपपासमा परेका रुखका हाँगाहरु काट्नु पर्ने र मर्मत संभार गर्नुपर्ने भएका कारण बिहान ८ बजेदेखी दिउसो ५ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने जनाएको थियो ।
सूचना बमोजिम वमाजिम गोरखा र पालुङटार नगरपालिका तथा सिरानचोक, भिमसेन थापा, शहिदलखन र पारपाक सुलिकोट क्षेत्रमा बिद्युत आपूर्ति बन्द हुने जानकारी गराएको छ ।
बिद्युत आपूर्ति बन्द हुने क्षेत्र मध्ये गोरखा नगरपालिका, भीमसेन थापा र शहिद लखन गाउँपालिकाको पुरै, पालुङटार नगरपालिकाको खोप्लाङ र मिरकोट क्षेत्र, सिरानचोक गाउँपालिकाको छोप्राक तथा बारपाक सुलिकोटको पन्द्रुङ, पाँचखुवा देउराली, ताकुकोट र ताकु माँझ लाकुरी बोट क्षेत्रमा बिद्युत आपूर्ति बन्द हुने छ ।
बितरण केन्द्रले बुस कटिङ र मर्मतको काम समय अगावै सम्पन्न भएको खण्डमा तत्कालै बिद्यूत आपूर्ति सुचारु हुने पनि सूचना मार्फत जानकारी गराएको छ ।


