काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम रहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।



