काठमाडौं । भारतकाे सिक्किममा आएको बाढीमा परी १४ जनाले ज्यान गुमाएको छन् । साेही बढीका कारण अहिलसम्म १२० जना भन्दा बढि बेपत्ता भएकाे भारतीय सञ्चारमाघ्यमहरुले जनाएका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको ज्यान गएको पुष्टि गरेका छन् भने १२० जना बेपत्ता छन् । जसमध्ये २३ भारतीय सेनाका जवानहरु रहेका छन् ।
बुधबार बिहान परेको भारी वर्षापछि भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासि बाढी आएको थियो ।
लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ ।




















