×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखा सदरमुकाको सडक बिस्तार संगै सुविधा सम्पन्न फुटपाथ बन्दै : पहिलो चरणमा नपा र वडाबाट ९० लाख रुपैयाँ बिनियोजन

  •  गोरखा समाचार
  • बिहिबार, असोज १८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । लामो समयसम्म सडक बिस्तार हुन नसकेको गोरखा सदरमुकामको बजार क्षेत्रको मुख्य सडक बिस्तार हुने भएको छ गोरखा नगरपालिका र वडाहरुको सहभागितामा सडक बिस्तार संगै सुविधा सम्पन्न फुटपाथ निर्माण गर्न लागिएको हो ।

    बहुबर्षिय योजना अन्तरर्गत गर्न लागिएको सडक बिस्तारको पहिलो चरणमा गोरखा नगरपालिका–६ को पुरानो बसपार्कदेखि वडा नम्बर ८ को खोलखोलेसम्म सडक बिस्तार संगै सुविधा सम्पन्न फुटपाथ निर्माण गर्न लागिएको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले बताए । ‘पहिलो चरणमा पुरानो बसपार्कदेखि खोलखोले क्षेत्रको सडक बिस्तार संगै फुटपाथ बनाउन लागिएको हो’ मेयर रानाले भने ‘साँघुरो सडकलाई चौडा गर्न र दुवै तर्फ नाला निर्माणकालागि नाँपजाचको काम सम्पन्न भएको छ ।’

    नगरपालिकाले हालै मात्रै प्राविधिक सहितको टोली परिचालन गरी पुरानो बसपार्कदेखि खोलेखोले क्षेत्रको अनुगमन गरेर सडक बिस्तारका लागि नाँपजाच सम्पन्न गरेको छ । सडक बिस्तार र दुवै तर्फ नालाको लागि वडाले पनि पहिलो चरणमा केही रकम बिनियोजन गरेको गोरखा नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी ९दिलिप० ले बताए । ‘वडाबाट अहिले हामीले अहिले १० लाख रुपैयाँ छुट्टाएका छौ’ उनले भने ‘बहुबर्षिय योजना भएका कारण डिपिआर पछि पनि बाहिरबाट पैसा नआएको खण्डमा स्थानिय स्तरबाट नै रकम बिनियोजन गरेर काम सम्पन्न गर्ने छौ ।’

    गोरखा नगरपालिको पनि पहिलो चरणमा उक्त कार्यका लागि ८० लाख रुपैयाँ बिनियोजन गरेको छ । नगरपालिकाका ईन्जिनियर प्रकाश ढकालका अनुसार प्रारम्भिक सर्भेको काम सम्पन्न भएको छ । उनले कुन मोडलमा काम गर्ने भन्ने कुराको भने निक्यौल नभएको बताए । ‘सडक कती मिटरको बनाउने, कस्तो खालको फुटपाथ बनाउने र नाला कस्तो बनाउने भन्ने बिषयमा छलफल चलीरहेको छ’ ‘ईन्जिनियर ढकालले भने ‘एउटै प्याकेजमा काम हुने गरी डिपिआर तयार गर्ने तर्फ नगरपालिकाले ध्यान दिएको छ ।’

    उनका अनुसार सडक चौडा गर्दा पुरानै नालालाई कायम गर्ने हो भने र अहिलेकै फुटपाथलाई कायम गर्ने हो भने कम लागतमा निर्माण गर्न सकिने छ । तर सडक चौडा गरी नयाँ नाला निर्माण गरी त्यहाँ भएका क्यारीलाई फालेर सुविधा सम्पन्न फुटपाथ सहित बत्तीको ब्यवस्था गर्ने हो लागत बढ्ने हुँदा भन्दै नयाँ संरचना अनुसार सडक बिस्तार र सुविधा सम्पन्न फुटपाथकालागि १२ करोड जति खर्च लाग्ने बताए ।

    नगरपालिकाले भने पुराना संरचना भत्काएर नयाँ निर्माण गर्ने सोच बनाएको छ । सोही अनुसार कार्तिक महिना भित्रै डिपिआर तयार गरेर टेण्डर आब्हान गर्ने र मंसिर महिनाबाटै कामको थालनी गर्ने तयारी गरेको छ ।

    नयाँ संरचना अनुसार सडक बिस्तार गर्दा अहिले भईरहेको नाला पुरेर नाला माथी पनि सडक बन्ने छ भने फुटपाथ संगै नाला निर्माण हुने छ । फुटपाथमा रंगिन प्रकारका ब्लक राखिने छ । फुटपाथ संगै सडक बत्तीको ब्यवस्था हुने छ । त्यस्तै गरी पार्किङकालागि स्थानहरु छुट्टाइने छ ।

    सडक बिस्तारमा बिसौनी मोड समस्याको रुपमा देखिएको छ । उक्त मोडमा सडक कसरी बिस्तार गर्न सकिन्छ र फुटपाथ कसरी निर्माण गर्न सकिन्छ भनेर प्राविधिक संग सल्लाह भईरहेको नगरपालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बिहिबार, असोज १८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.