गोरखा । उत्तरी गोरखाका सर्व साधारणलाई चीनको सिमा क्षेत्र जानको लागी आजदेी ‘बोर्डर पास’ वितरण गरिएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दालाई चीनको सीमा जान पास वितरण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दएि ।
चुमनुब्री गाउँपालिकाको सदरमुकाम सिर्दिबास (फिलिम) मा रहेको इलाका प्रशासन कार्यालय मार्फत पास वितरण हो । बुधबारदेखी पास वितरणका गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली खटाएको पनि प्रजिअ भुसालले जानकारी दिए ।
टोलीमा पहिलो दनि २० जनालाई पास वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । पहिला यस्तो पास लिएकाहरुले भने यो पास लिनु नपर्ने पनि प्रशासलने जनाएको छ । १ बर्ष म्याद हुने उक्त पास बर्षेनी नविकरण गनुपर्ने हुन्छ ।
विगतमा गृह मन्त्रालयले पठाएको पास जिल्लाबाट बितरण हुदै आएकोमा यस पटक भने प्रशासन आफैले जिल्लामा नै छपाई गरेर बितरण गरेको हो । उत्तरी गोरखाका अधिकांश मानिसहरु गोरखा बजारबाट सामान ढुवानी गर्दा महगों पर्ने भएका कारण चीनको तिब्बती क्षेत्रमा रहेको बजारबाट सामान आयात गर्ने गर्दछन् ।
सामान लिन जान पनि पास आवश्यक पर्ने भएकाले चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सहितको टोलीले पटक पटक गृह मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।


