तनहुँ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आँबुखैरेनी गापाका १ युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका-६ सेप्राङ घर भएका २६ वर्षीय कर्णबहादुर मास्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरी पछी पक्राउ गरीएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीमा परेको उजुरी लगत्तै प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीहरुको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मास्कीका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।



