काठमाडौं । बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबार देखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ । टिमुर टिप्न मंगलबार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव बुधबार प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक दीपेश चौधरीले जानकारी दिए ।
प्रनि चौधरीको नेतृत्वमा गएको टोलीले पहिरोमा च्यापिएको अवस्थामा महिलाकाे शव फेला पारेकाे थियाे ।
भूकम्पबाट बझाङमा मात्रै हालसम्म ३३६ भौतिक संरचनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले भने भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म १६० भन्दा बढी भौतिक संरचनामा क्षति पुगेको विवरण संकलन गरेको जनाएको छ ।


