गोरखा । फेसबुक मार्फत अरु मानिसको चरित्र हत्या गरेको आरोपमा गोरखा बजारबाट प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ ठुलो आँगनका ३६ बर्षिय देवन श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पक्राउ परेको देवनलाई पटक पटक त्यस्तो कार्य नगर्नभन्दा उल्टै पिडितलाई धम्की दिने गरे पछि पिडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
श्रेष्ठलाई प्रहरीले असोज १५ गते पक्राउ गरी अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । सोमबार नै श्रेष्ठलाई जिल्ला प्रशासनमा उपस्थित गराएर म्याद थपगरी प्रहरीको हिरासतमा राखिएको छ ।
पक्राउ परेका श्रेष्ठका सम्वन्धमा प्रहरी आवश्यक अनुसन्धान थालेको जनाएको छ ।




















