गोरखा । गोरखा अस्पतालमा कार्यरत चिकित्सकहरुको आन्दोलन स्थगित भए लगत्तै बहिरंग सेवा ९ओपिडी० खुल्ला गरिएको छ । देशको बिभिन्न स्थानमा कार्यरत स्वास्थ्यकर्मीमाथी हातपात, आक्रमण तथा अभद्र व्यवहार भएको भन्दै अस्पतालका चिकित्सकहरुले गएको मंगलबार अर्थात असोज ९ गतेदेखी आकस्मिक बाहेकका सवै सेवाहरु बन्द गराएका थिए ।
अस्पतालले प्रशासनले सूचना जारी गर्दै ‘नेपाल चिकित्सक संघ, गण्डकी शाखाले २०८० साल आश्विन ९ गतेदेखी जारी गरेको सूचना बमोजिम यस गोरखा अस्पताल गोरखाको आकस्मिक बाहेकका अन्य सेवाहरु सञ्चालन भएकोमा आज मिति २०८० साल आश्विन ११ गतेदेखी सम्पूर्ण सेवाहरु सूचारु भएको जानकारी गरिन्छ’ भनेको छ ।
अस्पतालमा कार्यरत चिकित्सकहरुले ९ गते पनि सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द भएको जानकारी गराएको थियो ।
पछिल्लो समय लमजुङमा चिकित्सकमाथी कुटपिट भएपछी देशैभरका चिकित्सकहरु सडकमा ओर्लिएर आन्दोलन गर्दै आएका थिए ।



