गोरखा । नेपाल बिद्यार्थी संघले द्रब्यशाह बहुमुखी क्याम्पसमा आज राष्ट्रिय झण्डा राखेको छ । गोरखा नगरपालिका–९ को लक्ष्मीबजारमा रहेको क्याम्पसमा संघको ईकाइ समितिले झण्डा राखेको सभापति प्रदिपजंङ कुवरले जानकारी दिए ।
नेबिसंघले बिहीबार बिहान एक कार्यक्रम आयोजना गरी राष्ट्रिय झण्डा राखेको हो । सभापति कुवरका अनुसार केही समय यता धर्म र जातीयताको नाममा समाजमा कलह फैलिएको भन्दै जातजाती र धर्मभन्दा माथि राष्ट्रियता रहेको भन्दै त्यसैको प्रतिकमा नेपालको राष्ट्रिय झण्डा कलेजमा राखिएको हो ।
संघले आफ्नै खर्चमा उक्त झण्डा कलेजमा राखेको ईकाइले जनाएको छ । झण्डा राख्न ईकाइले ७ हजार रुपैयाँ खर्च गरेको छ ।
कलेजमा राखिएको झण्डा सार्वजनिक बिदा बाहेकका दिनमा सधै राखिने पनि ईकाइले जानकारी दिएको छ । बिहान भएको उक्त कार्यक्रममा द्रब्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र दुवाडी प्रमुख अतिथी थिए ।
झण्डा राख्ने कार्यक्रममा कलेजका अधिकांश बिद्यार्थीहरुको सहभागीता रहेको पनि नेबिसंघ द्रब्यशाह ईकाइले जनाएको छ ।



