काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्य योगेश भट्टराईले विदेश भ्रमणको क्रम पहिलेभन्दा बढेको बताएका छन् । विदेश भ्रमणको क्रम बढ्दा खर्च पनि बढेको उनको भनाइ छ ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले विदेश भ्रमणका क्रममा जम्बो टोलीहरु जाने गरेको भन्दै यसले खर्च बढाउने बताए ।
‘प्रधानमन्त्रीको टोली होस् वा मन्त्रीहरुको टोली होस् हरेक दिन कुनै न कुनै मन्त्री विदेशमा छन्’ भट्टराईले भने, ‘यहाँसम्म छ कि शाखा अधिकृत अथवा उपसचिव, सहसचिवले सहभागिता जनाउने कतिपय कार्यक्रमहरुमा मन्त्रीहरु उपस्थित हुने, सचिवहरु जाने साथै ३ दिनको कार्यक्रमलाई १० दिनको बनाउने र विदेशमा गएर आफन्त भेट्ने आफ्ना निजी कामहरु गर्ने चलनले सााधरण खर्च अत्यधिक रुपमा बढेको छ ।




















