गोरखा । विगत १ दशकदेखी सञ्चालनमा आएको लिगलिगे दौडको अनलाइन फर्म खुल्ला गरिएको छ । लिगलिग बिकास अभियानको आयोजनामा हुने उक्त दौड प्रतियोगिताको अनलाइन फर्म खुल्ला गरिएको अभियानका अध्यक्ष संञ्जिव राना मगरले जानकारी दिए ।
दौड प्रतियोगिता कार्तिक १ गते हुने छ । दौडकालागि अनलाइन फर्म खुल्ला गरिएको हो । फर्म भर्दा कुनै शुल्क लाग्दैन ।
दौड पालुङटार नगरपालिका–५ को चेपे दोभानबाट सुरु भएर वडा नम्बर २ को लिगलिग कोटमा रहेको कालिका मन्दिरमा पुगेर टुगिने छ ।
मेन ईलिट (खुल्ला) प्रतियोगिता अन्तरर्गत १३ किलो मिटर ८०० मिटर दुरी पारेर गरेर प्रथम हुनेले १ लाख रुपैयाँ हात पार्ने छ । पाँचौ स्थानसम्मकालागी पुरस्कारको ब्यवस्था गरेको अभियानले दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई क्रमश. ५०, २५, १५ र १० हजार पुरस्कार सहित मेडल र प्रमाण पत्र दिइने आयोजक संस्थाले जनाएको छ ।
३ समूह चरणमा छुट्टाईएको प्रतियोगितामा स्थानिय ७०० लिगलिग र बिद्यार्थीहरुको दौड समेत समावेश गरिएको छ । खुल्ला तर्फ भाग नलिने स्थायिनले भने क्रमश. २०, १५, १०, ५ र ३ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तैगरी, बिद्यार्थीहरुले भाग लिन चाहेको खण्डमा सम्वन्धित बिद्यालयबाट पत्र लिएर आएको खण्डमा १८ बर्ष मुनीका छात्रले सहभागिता जनाउन सक्ने छ । उनीहरुले भने १५, १०, ७, ५ र ३ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् । बिद्यार्थीहरुको लागि भने पालुङटार नगरपालिका–३ को मैबलबाट कालिका मन्दिरसम्मको ३ किलोमिटर दौडमा सहभागी गराइने आयोजक संस्थाका अध्यक्ष सञ्जिव राना मगरले बताए ।
अनलाइन फर्म भर्नका लागि लिन्कः
https://forms.gle/QdaMDZ7DdpvHvX1v9
QR लागी





