गोरखा । गोरखा अस्पतालमा कार्यरत चिकित्सकहरुले बहिरंग सेवा (ओपिडी) बन्द गरेर आन्दोलित भएका छन् । देशको बिभिन्न स्थानमा कार्यरत स्वास्थ्यकर्मीमाथी हातपात, आक्रमण तथा अभद्र व्यवहार भएको भन्दै अस्पतालका चिकित्सकहरु आन्दोलित भएका हुन् ।
अस्पतालले आज एक सूचना जारी गर्दै ‘देशको विभिन्न भागमा अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुमाथी निरन्तर भइरहेको हातपात, आक्रमण तथा अभद्र ब्यवहार’ भईरहेको भन्दै सूचनामा ‘गोरखामा २०८० साल आश्विन ९ गतेदेखी अर्को सूचना जारी नभएसम्मको लागि आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द भएको ब्यहोरा जानकारी गरिन्छ’ भनेको छ ।
जारी सूचनामा यसबाट हुन जाने असुविधाको लागि क्षमाप्रार्थी छौ समेत भनिएको छ । अस्पतालमा कार्यरत चिकित्सकहरुले विभिन्न प्ले कार्ड लिएर अस्पताल परिषरबाट लोकतान्त्रिक चोक र पुन अस्पताल प्राङणमा पुगेर र्याली सम्पन्न गरेको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकार दिए ।
केही दिनयता हेटौडाको सन्चो अस्पताल, पोखरास्थित मणिपाल शिक्षण अस्पताल र लमजुङ जिल्ला अस्पतालका चिकित्सकमाथी कुटपिट भएको थियो ।
























