गोरखा । उत्तरी गोरखाको ल्होको स्यो भीरबाट लडेर गंभिर घाईते भएका १ जना बृद्वाका आज उद्वार गरी राजधानी लगिएको छ । सोमबार वृद्धभत्ता लिन जाँदा भीरबाट लडाका ७६ बर्षिय छेन्वा दोर्जे लामालाई मगलबार हेली मार्फत उद्धार गरी राजधानीको टिचिङ अस्पताल पुरर्याएको हो ।
चुमनुब्री गाउँपालिका २ अन्तरर्गत पर्ने स्यो भीरबाट लडेर गंभिर घाईते भएका लामाको मंगलबार बिहान ८ बजे हेलिकोप्टर मार्फत राजधानी लगिएको वडाध्यक्ष मिङग्युर दोर्जे लामाले जानकारी दिए । अहिले उनको उपचार सुरु गरिएको छ ।
सोमबार बिहान भीरबाट लडेर लामाको टाउको र मुखको विभिन्न भागमा गहिरो चोट लागेको थियो । निषेधित क्षेत्र रहेको उत्तरी गोरखाको उक्त क्षेत्रमा सोमबार दिनभरी प्रयास गर्दा पनि हेलिकप्टर आउन नसके पछि आज बिहानै घाईते लामाको हेलि मार्फत उद्वार गरिएको हो ।


