काठमाडौं । नजिकीदै गरेको नेपालीहरुको महान पर्व दशैंकालागी नेपाल राष्ट्र बैंकले नयाँ नोट बितरण गर्ने तयारी गरेको छ । दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट साटन पाउने गरी तयारी गरीरहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको तयारी अनुसार घटस्थापनाको आसपासदेखि नयाँ नोट वितरण सुरु हुने छ । बैंकले बिगतदेखी नै दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।
अघिल्ला २ वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरीरहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।



