गोरखा । गोरखामा आइतबार साँझ दरौदी नदीले बगाएका १ जना पुरुष शव सोमबार बिहान फेला परेको छ । आइतबार साँझ दरौदी नदीले बगाएका सिरानचोक गाउँपालिका–५ को जरेबरका ४२ बर्षिय हरी सुनारको शव आज बिहान ८ः३० बजे गोरखा नगरपालिका–१२ को खत्रीबेशीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिए ।
उनका अनुसार दरौदी नदीमा भैसी तार्ने क्रममा सुनालाइ आइतबार ५ बजेको समयमा बगाएको थियो । बेपत्ता सुनारको आफन्त, स्थानिय र प्रहरीले ब्यापक रुपमा खोजी गरिरहेको थियो । आइतबार अबेर रातसम्म खोज्दा पनि नपाए पछी आज सोमबार बिहानैदेखी आफन्त, स्थानिय र प्रहरीले नदी किनारमा खोजी कार्य सुरु गरेका थिए ।
नदीले बगाएर ज्यान गुमाएका सुनारको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ । सुनारको शव पोष्टमार्टम पछी आफन्तको जिम्मा लगाईने गोरखा प्रहरीले जनाकारी दिएको छ ।




















