गोरखा । सामुदायिक सेवा केन्द्र गोरखाले जिल्ला स्तरीय निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय र केन्द्रले ६८औं प्रहरी दिवसको अवसर पारेर निबन्ध प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक तथा केन्द्रका उपाध्यक्ष मिनादेवी श्रेष्ठले जानकारी दिईन ।
प्रतियोगिताको पूर्व तयारी स्वरुप अहिले जिल्ला भरीका ८ देखी १० कक्षा संञ्चालन गरेका बिद्यालयहरुलाई पत्राचार गरी सकेको संयोजक श्रेष्ठले जानकारी दिईन । प्रतियोगिता जिल्ला प्रहरी कार्यालय परिषर भित्र हुने छ ।
नेपाली र अग्रेजी दुवै माध्याममा लेख्न पाउने निबन्धको बिषय ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ राखिएको छ । आउदो शनिबार अर्थात असोज १३ गते हुने प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाइ क्रमश. १० हजार, ७ हजार र ५ हजार नगद र प्रमाण पत्र प्रदान गरिने केन्द्रले जानकारी दिएको छ ।
प्रतियोगिताका बिजेतालाई प्रहरी दिवशको दिनमा जिल्ला प्रहरी कार्यालय गोरखामा हुने कार्यक्रममा पुरस्रकार बितरण गरिने केन्द्रले जानकारी दिएको छ । निबन्ध १ हजार ५०० देखी २ हजार शब्दमा हुनु पर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा प्रथम भएको निबन्धलाई केन्द्रले प्रदेशमा पठाउने र प्रदेशमा पनि उत्कृष्ठ ठहरीएको खण्डमा प्रहरी प्रधान कार्यालय नक्साल पठाउने र त्यहाँ पनि उत्कृष्ठ भएको खण्डमा नगद २५ हजार राशीको पुरस्कार पाउने संयोजक श्रेष्ठले जानकारी दिईन ।


