गोरखा । गोरखा बुंकोट घर भएका १ जना युवक आफ्नै घरमा मृत्त फेला परेका छन् । मृत्तक ब्यत्ती शहिद लखन गाउँपालिका–७ देउराली घर भएका ३५ बर्षका अनु श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिए ।
प्रनि खड्का अनुसार श्रेष्ठ आफ्नै घरमा आइतबार राती मृत्त अवस्थामा फेला परेका हुन् । प्रारम्भीक अनुसन्धानमा मृत्युको कारण केही नदेखिएको जानकारी दिए ।
मृत्तक श्रेष्ठको शव अहिले गोरखा अस्पतालको शव गृहमा राखिएको छ । शवको पोष्टमार्टम गर्ने तयारी भई रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
शवको पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने पनि गोरखा प्रहरीले जनाएको छ ।




















