गोरखा । गोरखा घरभई हाल राजधानीको नैकापमा बस्दै आएका १ जना युवको टिपरको ठक्करबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा ३५ बर्षिय अमन गुरुङ भएको प्रहरीले जानकारी दिएको छ ।
राजधानीको चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित सडकमा बा. ५ ख २१९२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रा गरीरहेका गुरुङको आइतबार राति ज्यान गएको हो ।
ठक्कबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचार पछि थप उपचारको लागि ग्रिनसिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।


