×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

रामेछापमा स्मार्ट चौतारो : नयाँ र पुराना पुस्तालाई जोड्ने थलो

  •  गोरखा समाचार
  • सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले सुरु गरेको स्मार्ट चौतारो नयाँ र पुरानो पुस्तालाई जोड्ने संगमस्थल बनेको छ । सो गाउँपालिकाले गाउँमा बनाइएका विश्रामस्थल, प्रतीक्षालय तथा चौताराहरूलाई आधुनिक सञ्चार प्रविधि जोडिदिएर स्मार्ट चौतारो बनाइदिएको छ । जसमा स्थानीयहरू भेला भएर भौतिक रूपमा मात्र होइन अनलाइन मार्फत पनि कुरा गर्न सक्ने भएका छन् ।

    खाँडादेवी गाउँपालिकाका सूचना प्रविधि अधिकृत अर्जुन तामाङका अनुसार सो गाउँपालिका अन्तर्गतका विभिन्न वडाका २० ठाउँमा स्मार्ट चौतारा बनाइएका छन् । यस अघि स्थानीयले बनाएका विश्रामस्थल, प्रतीक्षालय तथा चौतारालाई गाउँपालिकाले स्मार्ट चौतारो बनाइदिएको उनले बताए ।

    त्यस्ता चौताराहरूमा गाउँपालिकाले निःशुल्क टेलिफोन, इन्टरनेट, मोबाइल चार्ज गर्ने प्रविधि जडान गरिदिएको छ । ‘पहिला नै बनेका संरचनामा गाउँपालिकाले स्मार्ट प्रविधि जडान गरिदिएको हो, फोन इन्टरनेट, मोबाइलको चार्जर, सीसी क्यामरा तथा सोलारको ब्याक अप जडान गर्दा एउटा चौतारोमा प्रविधि जडान गर्न ४० हजार रुपैँया जति खर्च लागेको छ’, उनले भने ।

    प्रविधि जडान गरिसकेपछि फोनको लागि वार्षिक ३ हजार र इन्टरनेटको लागि वार्षिक १० हजार रुपैँया खर्च लाग्ने तामाङले बताए । त्यो खर्च गाउँपालिकाले नै तिरिदिने पनि उनले जानकारी दिए । एउटा मोबाइलमा एक दिनमा डेढ घण्टासम्म नेट चलाउन मिल्न व्यवस्था मिलाइएको उनले बताए । ‘अत्यावश्यक सेवा र सूचना लिउन् तर अनावश्यक रूपमा नेटमा नअलमलिउन् भनेर यस्तो गरिएको हो’, उनले भने ।

    हाल स्मार्ट प्रविधि जडान गरिएका मध्ये खाँडादेवी गाउँपालिका–३ को भिरपानी र खाँडादेवी मन्दिरमा नयाँ विश्रामस्थल सहित स्मार्ट प्रविधि जडान गरिएको भए पनि अन्यत्र भने पुरानै ठाउँमा प्रविधि जडान गरिएको उनले जानकारी दिए । ती दुई ठाउँमा भने यूभी प्रोटेक्टीभ मेसिनबाट फिल्टर गरिएको स्वच्छ पिउने पानीको पनि व्यवस्था गरिएको उनले बताए ।

    नेपाल टेलिकमको सिमबाट सञ्चालन गरिएको इन्टरनेटमा खाँडादेवी मन्दिर लगायतका केही ठाउँमा समस्या आएको तामाङले बताए । ‘त्यहाँ नेटवर्कले त्यति राम्रो काम नगर्दा इन्टरनेट चल्न सकेन, त्यस्ता ठाउँमा फाइबर नेट जडान गर्ने योजना गाउँपालिकाले बनाएको छ’, उनले भने ।

    स्मार्ट चौताराहरू गाउँका मानिस भेला भएर, इन्टरनेट चलाउने, अत्यावश्यक काममा टेलिफोन गर्ने, गाउँ बाहिर सहरमा रहेको आफन्तसँग सम्पर्क गर्ने थलो भएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । ‘गाउँमा भएका युवाहरू पनि एकछिन नेट चलाउन जम्मा हुन्छन्, बुढापाकाहरू पनि दुःख सुखका कुरा गर्न र सहरमा रहेको आफन्तसँग नेटमा कुरा गर्न जम्मा हुन्छ, ती स्थानहरू जमघट हुने थलो बनेको छन्, पुराना र नयाँ पुतालाई जोड्ने ठाउँ बनेका छन’, उनले भने ।

    बस्तीलाई केन्द्र विन्दु बनाएर मागको आधारमा टोल टोलमा स्मार्ट चौतारो बनाउने कामलाई निरन्तरता दिने श्रेष्ठले बताए । ‘१०÷१५ घरको बस्ती भएको ठाउँबाट माग आयो भने हामी सबै ठाउँमा स्मार्ट प्रविधि जडान गरिदिन्छौँ, यो समयको माग हो’, उनले भने ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.