भोजपुर । भोजपुरको दावारबेमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ७२ बर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ दावारबे टोल बस्ने ७२ वर्षीय मानवहादुर श्रेष्ठ भएको प्रहरीले पुष्टी गरेको हो ।
श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती करणी गर्दा गर्भ रहेको भन्ने बालिकाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



