साँकेतिक तस्बिर
गोरखा । गोरखामा आइतबार दरौदी नदीले बगाएका १ जना पुरुष २ दिनदेखी बेपत्ता भएका छन् । आइतबार साँझ सिरानचोक गाउँपालिका–५ को जरेबरका ४२ बर्षिय हरी सुनारलाइ दरौदी नदीले बगाउदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिए ।
उनका अनुसार दरौदी नदीमा भैसी तार्ने क्रममा सुनालाइ आइतबार ५ बजेको समयमा बगाएको थियो । बेपत्ता सुनारको आफन्त, स्थानिय र प्रहरीले ब्यापक रुपमा खोजी गरिरहेको छ । आइतबार अबेर रातसम्म खोज्दा पनि नपाए पछी आज सोमबार बिहानैदेखी आफन्त, स्थानिय र प्रहरीले नदी किनारमा खोजी कार्य सुरु गरेको प्रनि खड्काले बताए ।
अन्य बेलाको तुलनामा आइतबार नदीको बहाव अली बढी भएका कारण पनि सुनारलाइ नदीले बगाएको उनका एक आफन्तले बताए । नदीले बगाएको सुनारलाइ जिवितै भेट्टाउन सक्ने कुरामा प्रहरीले आशंका ब्यत्त गरेको छ ।


