साँकेतिक तस्बिर
गोरखा । भनिन्छ नि महिलाको बाधक महिला नै हो । हो यस्तै पुष्टी हुने खालको घटना गोरखाको ग्रामिणमा हालै घटेको छ । गोरखा सदरमुकाम संग जाडिएको शहिद लखन गाउँपालिकाको हो ।
घटना विवरण अनुसार गएको भाद्र २९ गते शाहिद लखन गाउँपालिका–६ घैरुङमा मैया श्रेष्ठलाई बोक्सी आरोप लगाउने का भयो । आरोप लगाउने अरु कोही नभएर छिमेकी चमेली भनिने बिपना श्रेष्ठ ।
चमेलीले मैयालाईगाउँघरमा पटक पटक बोक्सीको आरोप लगाई अपमान र बेईज्जत गरे पछि पिडितले दिएको उजुरीको आधारमा अहिले मैया पक्राउ परेकी छिन । चमेलीलाई प्रहरीले ३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकी चमेलीलाई बोक्सीको आरोप शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप लिई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।


