साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकाममा महिलालाई अभद्र ब्यवहार गरेको आरोपमा प्रहरीले अन्य २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा गनरपालिका–९ ठिगुरेश्वारी १८ बर्षिया रश्मिता पाण्डे र गोरखा नगरपालिका–११ बस्ने ३५ बर्षिया मिना अर्याल भएको गोरखा प्रहरीले पुष्टी गरेको छ ।
प्राप्त जानकारी अनुसार पक्राउ परेका ति महिलाहरुले गोरखा नगरपालिका–९ ठिगुरेश्वारा बस्ने ४० बर्षिया मिना पाण्डेलाई असोज १ गते गाली गलौज तथा धाक(धम्की दिई अभद्र व्यवहार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रनाउ श्रेष्ठका अनुसार पिडित महिलाले जिल्ला प्रहरी कार्यालय असोज २ गते कार्यालयमा जाहेरी दरखास्त दिए लगत्तै रश्मिता पाण्डे र मिना अर्यालललाई पक्राउ गरिएको हो ।
पक्राउ परेको दुवै जना बिरुद्व अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरेर प्रहरीको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।


