गोरखा । आज बिहान गोरखाको खान्चोक क्षेत्रमा २ वटा बस एक आपसमा ठक्कर खादा १ जना नाबालिका सामान्य घाईते भएकी छिन । घाईते बालिकाको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछी घर फर्किएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रनाउ श्रेष्ठका अनुसार बुधकार बिहान १० बजेको समयमा भिमसेन थापा गाउँपालिका–५ खान्चोकको दारे गौडा स्थित गोरखाबाट आरुघाट तर्फ जाँदै गरेको ना. ५ ख ५०२८ र धावाबाट गोरखा तर्फ आउदै गरेको ना. ५ ख २६२७ बस एक आपसमा ठक्कर खाएको थियो ।
चालकको लापरर्वाहीका कारण भएको उक्त घटनामा परी १० बर्षिया नाबालिकाका सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
दुर्घटनामा दुवै भरको अगाडीको भागमा क्षति पुगेको छ । अन्य मानविय क्षति भने नभएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
तस्बिर : राजु लामा




















