गोरखा । गोरखाको पालुङटारमा श्रीमान बिरुद्व श्रीमतीले जबरजस्ती करणी गरेको भन्दै मुद्वा दर्ता गराएको छ । प्रहरीले मुद्वा दर्ता गर्दै जाहेरीमा नाम किटान भएका पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्लाको पालुङटार नगरपालिका–७ च्याङली, माझगाउँकी एक ३६ बर्षिया गर्भवती महिलाले आफ्नो सहमती बिपरीत श्रीमानले आफुलाई जबरजस्ती बलात्कार गरेको भन्दै भाद्र २४ गते आइतबार प्रहरी उजुरी दर्ता गराएकी थिइन । उजुरीकै आधारमा प्रहरीले उनको श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो ।
पिडित महिलाका अनुसार श्रीमानले पटक पटक आफ्नो सहमती विपरीत धाक, धम्की दिदै कुटपिट गरेर जबरजस्ती गर्दै आएकोले उजुरी गर्न बाध्य भएको जनाएको छ । महिलाको उजुरीको आधारमा गोरखा प्रहरीले पिडक पुरुषलाई भाद्र ३१ गते आइतबार पक्राउ गरी ‘बैवाहिक जबरजस्ती करणी’ कसूल शिर्षकमा मुद्वा दर्ता गरी अदालतबाट अनुसन्धानकालागी म्याद थप गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिए । पक्राउ परेका पुरुष प्रहरीको हिरासतमा रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
दुवैको नाम प्रहरीले गोप्य राखेको छ । गोरखा प्रहरीले मुद्वा दर्ता गराउदा महिलाको नाम झ कुमारी र पुरुषको नाम ग कुमार राखेको छ ।



