गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिका नगर कमिटीको सभापतिमा शिशुबावु प्रधान (शिशिर) चयन भएका छन् । पार्टीको गोरखा सदरमुकाममा भएको भेलाले सभापतिमा प्रधानलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
शनिबार र आइतबार २ दिनसम्म चलेको नगर भेलाले उपाध्यक्षमा शान्ति अर्याल र धनराज खनाललाई चयन गरेको छ । त्यस्तैगरी, सचिवमा अमृत्त भट्टराई (पदम) र कोषाध्यक्षमा अर्जुन बानियाँ चयन भएका छन् ।
पूर्व प्रहरी नायब उपरिक्षक खिलबहादुर कुवर र नेपाली सेनाका क्याम्टेन हरीबहादुर कुवरलाई सल्लाहाकार चयन गरेको समितिका सदस्यहरुमा बिनोद काप्री, बासुदेव काराखेती, रामशरण खत्री, बिनाश थापा (प्रकाश), निरु बस्नेत र सुर्यबहादुर बस्नेत चयन भएका छन् ।
८ विभागको संयोजक समेत तोकियो
नगर भेलाले विभिन्न विभागको संयोजकको जिम्मेवारी समेत तोकेको अध्यक्ष प्रधानले जानकारी दिएका छन् । उनका अनुसार केही विभागको संयोजक अझै तोक्न बाँकी भएको पनि उनले जानकारी दिए ।
तोकिएका विभागीए प्रमुखहरुमा स्वास्थ्य तर्फका संयोजक जलालदिन मियाँ, कृषिमा सन्तोष खड्का, सहरकारीमा परशुराम बस्नेत र आरएटीमा थिरभक्त श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तैगरी, शिक्षा तर्फ ईश्वरीप्रसाद लामिछाने, अभियान प्रचारमा विण्णुप्रसाद देवकोटा, संगठन विभागमा ईश्वर श्रेष्ठ र उद्योग तर्फ राजु बराईलीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।


