गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले नेपाली सेनाको गरिमामा आँच आउने काम कहिँकतैबाट गर्न नहुने बताउनु भएको छ ।
गोरखा सदरमुकाममा आज आयोजित पार्टीको गोरखा नगरपालिकाको भेला तथा आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले सेनाको सम्बन्धमा आफुले बोल्दै नबोलेको बिषयलाई उठाएर आफु बिरुद्ध भ्रम फैलाउने षडयन्त्र भइरहेको समेत बताउनुभयो ।
‘नेपाली सेनाका बारेमा भन्दै नभएको कुरा विपक्षीहरुले हल्ला गरिरहेका छन्, उहाँले भन्नुभयो, ‘सारा कुरा छोडेर देश बनाउनपर्छ भनेर होमिएका मान्छेहरुबाट त्यस्ता गैह्रजिम्मेवार कुराहरु आउदैनन् ।’ डा।वाग्लेले सेनाको साँख जोगाउने काम सवैले गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
‘नेपाल एकिकरणको बेलादेखि अभिछिन्न रुपमा जिवित रहेको एउटै मात्र संस्था नेपाली सेनाको हो, यसको साख जोगाउनुपर्छ कसैले मानमर्दन गर्नुहुदैन, उहाँले भन्नुभयो, ‘भित्र केही सुधार गर्नुपर्ने कुराहरु छन् भनेपनि प्रधानसेनापति मार्फत हामी राजनीतिककर्मीहरुले संसदबाट समन्वयात्मक ढंगले अगाडी लैजानुपर्छ ।’
नेता डा।वाग्लेले रास्वपाको देश परिवर्तनको संकल्पले पुराना दलहरु डराएको समेत बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्य, सुशासन र सम्बृद्धिको अभियान रास्वपाको संकल्प रहेकोमा जोड दिनुभयो । आफुहरुले देशमा केही गर्ने हुटहुटीका साथ राजनीतिमा आएको भन्दै अब कसैले रोकेर नरोकिने डा।वाग्लेको भनाई छ ।
‘बाहिर पिँधमा बसेर रमिते भएर खराव मान्छेहरुलाई सल्लाह मात्र दिएर बस्दा उनिहरुले सल्लाह पनि नलिने भएपछि यसरी भएन, आफ्नै जीवनकामा केही गर्नुप¥यो भनेर हामी राजनीतिमा आएको छौ, उहाँले भन्नुभयो, ‘रास्वपाले देशमा आशाको सञ्चार गरेको छ ।’
नेता डा।वाग्लेले नेताहरुको विगत ३० बर्षको काम गराइबाट नेपाली जनतामा गुम्नै लागेको आशाको दियोलाई अब निभ्न दिननहुने बताउनुभयो । नेपाली काग्रेसका दोस्रो तहका नेताहरुसंग बिकृत राजनीतिसंग लड्ने नैतिक साहास र आँट दुवै नभएको आरोप लगाउदै उहाँले उनिहरुबाट बरु त्यसलाई मलजल गर्ने काममा अशिंयार भएको बताउनुभयो ।
नयाँ अभियान, नयाँ अभ्यास र एक किसिमको शान्तिपूर्ण रक्त बिहिन क्रान्ति रास्वपाले छेड्न खोजीरहेको भन्दै त्यस सवै जोडिनुपर्ने उल्लेख गर्नुभयो ।
रासस


